Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च

नयाँदिल्ली । छिमेकीहरुसँगको सीमा विवादमा फसेको मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ । जम्मु कश्मीरमा आइतबार भएको भीडन्तमा ४ आतंकवादीको मृत्यु भएपछि उनीहरूको एउटा समूह ४–५ वटा ट्रकमा दिल्लीका लागि प्रस्थान गरेको भारतीय खुफिया एजेन्सीले जनाएको छ । खुफिया एजेन्सीको उक्त सूचनालगत्तै दिल्लीमा हाइ अलर्ट जारी गर्दै प्रहरीले सवारीसाधनर, होटल तथा गेष्ट हाउसमा खानतलासी सुरू गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।