Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त बनाएको सिंहदरबार पुननिर्माणको क्रममा अघि बढेपछि मन्त्रालयहरु अदलबदल हुनेक्रम शुरु भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा (बादल) ले निरीक्षण गरेका छन् । विस २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालिन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो । डेढ महिना अघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय यसै भवनमा थियो । सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सोही भवनमा सरेको छ । प्रधानमन्त्री कार्यालय सरेपछि खाली हुन पुगेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो । हाल गृहमन्त्रालय रहेको केही भवन पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ बनाउने तयारी छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल