Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो । फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। पार्टीका तर्फबाट प्रत्यक्षतर्फ १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिकबाट ५७ जना सिफारिस भएका छन्। सबै दलका समानुपातिकतर्फ सांसदले भने निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छैनन् ।