Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। रराष्ट्रपति विद्या भण्डारीको आग्रहलाई अस्वीकार गर्दै संसदले हुबहु पारित गरेको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राष्ट्रपतिलाई भेटेरै उक्त विधेयक प्रमाणीकरण गर्न दबाबसमेत दिएका छन् । उनीहरू राष्ट्रपतिलाई भेट्न शनिबार शीतल निवास पुगेका थिए । नागरिकता विधेयक पुनः हुबहु राष्ट्रपति कार्यालयमा पठाउन आफूहरूले विभिन्न पक्षको ध्यानाकर्षण गराउने पनि उनीहरूले राष्ट्रपतिसँग बताएका थिए । भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण तथा जितेन्द्र सोनाल सहभागी थिए
२०८१ पुष १७
ताजा नेपाल
२०८१ पुष १७
ताजा नेपाल
२०८१ पुष १७
ताजा नेपाल