Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च र्याली आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म र्याली आयोजना गर्ने भएको हो । सो अवसरमा संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना गरिने जनाइएको छ । संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन । बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहलसमेत भएको छैन । जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न पनि नागरिक आन्दोलनले आह्वान गरेको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल