Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिक उड्डयनमा विचित्र

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले जति चर्चामा छन् त्यी रूपमा पैसा झार्न सक्रिय छन् भन्ने कुरालाई नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ लाई धोती लगाउनुले छर्लङ्ग पार्छ । प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरू (पोखरा, लुम्बिनी, निजगढ) को रेखदेख गर्ने ११औं तहका प्रदीप अधिकारीलाई प्राधिकरण ऐनको ख्यालै नगरी महानिर्देशक पद सुम्पन मन्त्री आलेले के त्यस्तो योग्यता देखे ? यो बेला १२औं तहका प्रेमनाथ ठाकुर, देवचन्द्रलाल कर्ण, प्रतापबाबु तिवारी, हंशराज पाण्डे प्राधिकरणभित्रै थिए । यिनको कमजोरी प्रदीपले झैं सचिव र मन्त्री किन्ने भएन । अख्तियारमा सचिव पदमा रहँदा महेश्वर न्यौपानेलाई आफ्ना विरुद्ध परेका उजुरी दबाउन राम्रै थैली बुझाएका प्रदीपको निकटता सचिवसँग रह्यो । अधिकारी आफैंले मुख्यसचिवलाई भनेर न्यौपानेलाई मन्त्रीपरिषद्को गजेडा पुलबाट पर्यटनमा ल्याएको दाबी गर्थे । विमानस्थलभित्रको मर्मतसम्भारमा भएको भ्रष्टाचारसम्बन्धी उजुरी पनि अख्तियारमा न्यौपाने हुँदा दबाइएको थियो । त्यो बेला अधिकारी नै मर्मत सम्भार आयोजना प्रमुख थिए ।
अधिकारी ०६४ सालमा प्रतिस्पर्धाबाट सातौं तहका इञ्जिनियरका रूपमा प्राधिकरण प्रवेश गरेका पात्र हुन् । नाता लगाउन जान्ने यिनले स्व. रविन्द्र अधिकारीसँगको सम्बन्धले पोखरा र लुम्बिनी एयरपोर्टमा लुट्न सफल भए । लमजुङ जन्मथलो भएका अधिकारी हाल चितवनवासी हुन् । लमजुङकै प्रतावबाबु तिवारी वरिष्ठतम मध्येका हुन् । उनी अहिले सानोठिमीमा छन् । तिवारीलाई माओवादी निकट भएको ट्याग लगाएर प्रदीपले एमाले कालाका पर्यटनमन्त्रीहरू सबैसँग काम लिएका थिए ।
अधिकारी महानिर्देशक बन्नुमा अपराध नहोला । तर जेष्ठता र वरिष्ठता मिचेर विभागीय मन्त्री आले र सचिव न्यौपानेले जस्तो निर्णय गराए त्यसले संस्थागत रूपमा पार्ने असर समस्याकोे रूपमा आउँछ । नागरिक उड्डयन ऐन २०५३ लाई टेकेर भएको त्यो निर्णयले १२औं तहको पदमा ११औं तहको इञ्जिनियरलाई महानिर्देशक बनाएर परम्परा ब्रेक भयो भन्नु …केजातिलाई भन्दा देख्नेलाई लाज भने जस्तो हो । अधिकारी स्वच्छ छवि पनि होइनन् । कार्यक्षमता भएको चरित्र पनि थिएनन् । उनले नेतृत्व गरेका कुनै पनि आयोजना समयमा सम्पन्न भएका पनि छैनन् । जसको चाडकी गर्नुछ त्यही हुन सक्ने छोपारे प्रवृत्तिका अधिकारीसँग मिल्ने गरी १२औं तहका वरिष्ठ ठाकुर, कर्ण, तिवारीले कसरी पदीय जिम्मेवारीको भार स्वीकारे प्रश्न यहँँ छ । दूधले धोएका त यी पनि होइनन् । प्रतापबाबुको सम्पत्ति सुद्धिकरणमा परेको उजुरीले महानिर्देशक बन्ने बाटो छेक्यो होला । देवचन्द्र कर्ण, प्रेमनाथ ठाकुरहरूको कतै उजुरी थिएन । उनीहरूले मन्त्रीलाई बिटो दिन सकेनन् । पशुपति धर्माशाला र नारायणहिटीबाट बतास समूहको ठेक्का सम्झौता तोडे जस्तो यो होइन । हवाई उड्डयनको क्षेत्रमा बायुसेवा निगमलाई भन्दा हिमालय एयर र यति एयरलाई धेरै व्यापारीक उडान स्वीकृति दिने पनि नागरिक उड्डयन प्राधिकरण हो । जहाँ हवाई माफियाहरूको प्रत्यक्ष सम्बन्ध रहेको छ । आलेका यस्ता निर्णयले उनकै राम्रा कामलाई ओझेलमा पार्छ । उनले घुसै लिएर प्रदीप अधिकारीलाई नियुक्त गरेका हुन् भने धर्म कर्मको नाममा आलेको धन्दा टिक्ने छैन । किनकि प्राधिकरणमा वरिष्ठहरू हुँदाहुँदै ११औं तहलाई महानिर्देशक बनाउँदा पूर्व महानिर्देशक सञ्जिव गौतम, राजन पोखरेलको नाक जोगिँदैन ।
जसले प्राधिकरणमा सैतानहरूको राज चलाएका थिए । संस्थागत सुधारमा ध्यान छैन । एयरपोर्टहरूको सुधार छैन । अरवौं बजेटको ठेक्कापट्टालाई भागशान्ति लगाउने, कामको गुणस्तर नहेर्ने प्रवृत्ति त्यही छ । नेपालले फ्रान्सेली कम्पनीका जहाज खरिद गर्छ । फ्रान्स युरोपेली युनियनको सम्बद्ध मुलुक हो । नेपाललाई जहाज बेच्छ तर उडान अनुमति इयु अन्तर्गतका देशमा दिँदैन । त्यसको लागि सरकारको प्रतिनिधि नागरिक उड्डयन प्राधिकरणले जिम्मेवारीपूर्वक कामै गरेको छैन । मन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेबाट यस्ता विषयमा ध्यान पुगेकै छैन । विगत राम्रो नभएको मन्त्री, सचिव र महानिर्देशकले प्राधिकरण सुधार्लान्, हवाई नीति समय अनुकुल बनाउलान्, वायुसेवा निगमले व्यापार पाउला भन्ने विश्वासीलो आधार भएन । प्राधिकरणका कर्मचारीहरूले संस्थागत सुधारमा ध्यान दिनेकि खल्ती भर्ने जनजनले उठाउने प्रश्न हो यो ? प्राधिकरणभित्रका बेथिति आगामी अंकमा पनि ।