Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिक उड्डयन प्राधिकरणमा लुटाहाकै जगजगी

काठमाडौं । तल्लो तहका कर्मचारीलाई पेल्ने, आफू मौकाको फाइदा लिन नछाड्ने धुर्त चरित्रका प्रतावबाबु तिवारी त्रिभुवन विमानस्थलको महाप्रबन्धक भएर संस्थागत सुधार भन्दा आफ्नै महत्वाकांक्षा पूरा गर्न अग्रसर हँुदा सम्पत्ति सुद्धिकरणको जालमा फस्दैछन् । उनको समूहभित्रका सहकर्मीहरुसमेत यतिखेर बिच्केका छन् । वायुसेवा निगमको सेड्युल घटाउने, निजी कम्पनीलाई उडान अनुमति दिई पैसा खाने तिवारीको धन्दापछि सहकर्मीहरु टाढिएका हुन् । उनले नागरिक उड्डयन प्राधिकरणको पोखरा, भैरहवा, नेपालगञ्ज कार्यालय प्रमुख हुँदा मच्चाएको लुट र जोडेको सम्पत्ति अहिले छानविनको दायरामा परेको छ ।

एयर ट्राफिक कन्ट्रोल पदबाट जागिर शुरु गरेका तिवारीले एमाले सत्ताकालको फाइदा भने विष्णु रिमाललाई प्रयोग गरेर राम्रैसँग लिएको कुरा कर्मचारीहरु बताउँछन् । प्राधिकरणमा एमाले निकट कर्मचारीहरुलाई पेलेर महानिर्देशक राजन पोखरेलले चलाएको आतंक पनि यतिखेर चर्चित बन्दैछ । पोखरेल मौका परे ऐन बदलेर पुनः महानिर्देशक हुने अभियानमा छन् । उनको यो आँट हुनुको कारण काँग्रेसका नेता गोपालमान श्रेष्ठ हुन् ।

पिआर मानन्धर महानिर्देशक हुँदा तिवारीले श्रीमतीलाई राजश्व समूहमा जागिर दिलाएका थिए । उनी एयरपोर्टको महाप्रबन्धक भएपछि एयरपोर्टको लेखामा तानेका छन् । श्रीमान श्रीमती नै चेकमा सही गर्ने र टिप्पणी उठाउने भएपछि लुट्न के गाह्रो भयो र ! त्यसो त माओवादी नेतृ हिसिला यामी पर्यटनमन्त्री हुँदा प्राधिकरणका वरिष्ठहरुलाई पाखा लगाउँदै आठौं तहका प्रतापले नवांै तहमा बढुवा पाएका थिए । एयरपोर्टको महाप्रबन्धक जेष्ठता र वरिष्ठताले पाउनु पथ्र्यो तर तिवारीले पैसा खर्च गरे, राजन पोखरेलले महाप्रबन्धक दिलाए । जहाँ पुग्यो त्यहाँ प्वाल पार्ने प्रवृत्तिका कर्मचारीहरुको भिडमा प्रतापलाई अग्रगामी भनिन्छ । त्यही कारण उनले आफ्नो नाममा कहीं पनि भौतिक सम्पत्ति राखेका छैनन् । एयरपोर्ट नजिकै फ्याट भाडामा लिएर बसेमा प्रतापलाई जोगाउने भन्दा सम्पत्ति सुद्धिकरणबाट दोबार्नेहरु उनकै व्यवहारले बढिरहेका छन् । दुईवटा गाडी उनका छन् । गोल्फुटार, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरामा घडेरी छन् तर कागजी रुपमा कहीं कतै देखिँदैन ।

नागरिक उड्डयन प्राधिकरणको १२औं तहको जागिर गरेर जग्गाको कारोबार गर्दै आएका एक हाकिमले प्रतापलाई सुर्खेत, नेपालगञ्ज र भैरहवामा जग्गा मिलाइदिएको समाचार सूत्र बताउँछ । अहिले उनैसँग प्रतापको राम्रो छैन । यो विषय पनि सम्पत्ति सुद्धिकरणको छानविनमा कहीं न कही जेलिएर नआउला भन्न सकिँदैन । त्यसो त महानिर्देशन पोखरेलले आफ्नो कार्यकालमा लगाएका ठूला योजनाहरुको गुणस्तर खस्किएको अवस्था छ । पुमा एन्ड जेभीलाई महेन्द्र नगरमा एयरपोर्ट बढाउन दुई अर्ब बराबरको काम दिइयो, पोखरा, बिराटनगरको टर्मिनल निर्माणको काम पनि विवादित छ । उमाजेभीले दुई वर्षको अवधिमा ६ वटा काम हात पार्नु ठूलै खर्च गरेको हुनुपर्दछ ।

प्राधिकरण अन्तर्गतका आयोजनाहरुमा भएको लुटको छानविन अख्तियारले पनि गर्दैन किनकि अख्तियारमा दर्जनौं उजुरीहरु प्राधिकरणसँग जोडिएर दर्ता भएका छन् । तर ति उजुरीलाई दबाउने काम राजन समूहको दामले गरिरहेको छ । फाइनान्स सिस्टम लागू गर्दा होस् या चार्टर एकाउन्टेन्ट नियुक्तिमा महानिर्देशकले पैसा बुझेर स्वीकृति गरेका छन् । कार्यालयको काम कार्यविभाजन नगर्दा प्राविधिकहरु असन्तुष्ट बनेका छन् । महानिर्देशक पदमा रहँदा बदनामी कमाएका सञ्जिव गौतमले कोरेको बाटोमा हिँड्ने राजन पोखरेलले ४ करोडको कामलाई २ करोड खाएर दिलाएको पनि थाहा नपाएका होइनन् । विगतका विकृतिहरु हटाउनुको सट्टा बढाउनमा सफल राजन पोखरेलले आफू अवकाश हुँदा प्राधिकरणबाट पाउने भनेको गाली शिवाय केही नहुने हो कि भन्ने शं्रका अहिले बढेको छ जुन बेला एयरपोर्टका महाप्रबन्धक प्रतावबाबु तिवारी शम्पत्ति सुद्धिकरणको पासोमा पर्दैछन् ।