Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागार्जुनमा चम्किए गौतम

काठमाडौं । स्थानीय तहको चुनावले सबैतिर माहौल तातेको छ । राजधानी काठमाडौं कब्जा गर्ने नेकपा एमालेको रणनीति अनुरुप उपत्यकाका सबै नगरपालिकामा एमालेको चुनावी अभियान तिव्रताका साथ अघि बढको छ । राजधानी काठमाडौंको पश्चिममा रहेको नागार्जुन नगरपालिकालाई अघिल्लो पटक थोरै मतान्तरले गुमाएको एमाले यस पटक आफ्नो बर्चश्व कायम गर्न स्यूचाटारका स्थायी बासिन्दा, विकासप्रेमी, समाजसेवी, नन्दनहरि गौतमलाई मेयर पदमा चुनावी खटाएपछि जनताका बीचमा लहर छाएको हो ।

राजनीतिक रुपमा काठमाडौं मात्रै होइन उपत्यकाका काठ क्षेत्रमा एमालेको बर्चश्व रहँदै आएको छ । गत चुनावमा पनि टोखा र बुढानिलकण्ठ जस्ता नयाँ नगरपालिकाहरुमा जित हासिल गरेर विकास निर्माणका पूर्वाधारलाई जनताकाबीचमा प्रस्तुत गरेका कारण विकास प्रेमी पार्टी त एमाले पो रहेछ भन्ने प्रभाव परेकोले नागार्जुन नजरपालिकामा नन्दनहरि गौतमको पक्षमा जनहलर आउनु स्वाभाविक हो ।

राष्ट्रिय राजनीतिमा समेत सत्तापक्षलाई गलत काम गर्नबाट झकझक्याउने शक्तिका रुपमा स्थापित नेकपा एमालेले समृद्धि र विकासको एजेन्डालाई राष्ट्रिय रुपमै स्थापित गरेको कारणले पनि यो निर्वाचनमा एमाले ठूलो शक्तिको रुपमा उपस्थित हुने संकेत निर्वाचन अगाडि नै देखिन थालेको छ । पार्टीले नागार्जुन नगरपालिकाको मेयर पदमा जिम्मेवारी दिएपछि गौतमले आम मतदासामू अपिल गर्दै भनेका छन्, जनप्रतिनिधि शासक होइनन्, जनताका सेवक हुन् ।

सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यस्थापन निःशुल्क फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधि स्वच्छ र हराभरा नागार्जुन, सर्वसुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जन स्थल र समावेशी विकास महिला, बालबालिका, अपाङ्ग र जेष्ठ नागरिक कार्यक्रम, विमा, छात्रवृत्ति, सामुदायिक भवन, पुस्तकालय, पार्क निर्माण र सञ्चालन तथा सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने लक्ष्य उनले लिएका छन् । नागार्जुन सामुदायिक क्याम्पस, प्राविधिक शिक्षालय र व्यवसायिक तालिम केन्द्र स्थापना गर्दै वेरोजगार युवाहरुलाई तालिम स्थानीय उद्यमशीलता र रोजगारीको प्रवद्र्धनका लागि आफ्नो उम्मेदवारी परेको गौतमको दाबी छ ।

उनले नागरिकका गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रशासनिक कार्यलाई डिजिटल माध्यममा लैजाने र ५ वर्षभित्र डिजिटल नगर घोषणा गरी विपन्न नागरिकलाई रासन कार्ड, जेष्ठ नागरिक, एकल महिला विशेष कार्डको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसैगरी सहज आवागमनको आधारः दिगो यातायात नागार्जुनको पूर्वाधार भन्ने मुल एजेन्डा अगाडि सार्दै आफू सामाजिक जागरण तथा विकासको अभिय चलाउने, सुशासनको नमुना बन्ने नगरभित्र रोजागारीः उद्यमशीलता र समृद्धिका लागि सहकारी मौलिक कला र संस्कृति, पर्यटनबाट समृद्धि आवश्यक कानूनको निमार्ण र कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।