Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका उनले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् ।
दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले बताए। जग्गा ठेक्काको सम्बन्धमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र सेटिङमा उनको समेत संलग्नता देखिएकाले उनलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित सोमबार प्रतिवेदन सार्वजनिक गरेको थियो ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल