Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नाराले मुलुक समृद्ध हुन्थ्यो भने केपी ओलीको ४१ महिने शासन कालमा मुलुक धेरै अगाडि बढेको अवस्थामा पुग्यो । तर उनको पालामा भएका नीतिगत भ्रष्टाचारको मारमा मुलुक अहिले परिरहेको छ । ठूलो डाको गर्दैमा मुलुक बन्दैन । आफ्नै कुरा मात्रै माथि पारिरहने ओलीको वास्तविकता जनताले अब पत्ता पाइसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनले समृद्ध नेपाल सुखी नेपाली नारा भन्ने आँट नगरिरहेको आरोप लगाएका छन् । एमाले सरकारको नेतृत्वबाट हटेपछिका प्रधानमन्त्री, दल र नेताहरूले यो वाक्य नै भन्न नचाहेको ओलीको जिकिर थियो । एमालेको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि समृद्धिको एजेण्डा अघि बढाएको बताए । हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैनन्, उनले भने, समृद्ध नेपाल भन्ने जसको आँट छैन । समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरबपति र अर्को चाहिँ मजदुर उनीहरु दुईवटाको सम्पत्ति मिलाउँदा एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०–२० अर्ब कमाएको देखियो नि त १ कमाएको एक जनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढि त गरिब छ नि । त्यसकारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास । अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिवी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । ‘अब हामीले भोकमरीको अन्त्य गर्नु छ । र, गरिबी निवारण गर्नुछ । सबभन्दा फास्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दा हाम्रो १७–१८ प्रतिशत पपुलेशन अझै पनि गरिबीको रेखामुनि छ । त्यसकारण त्यो पपुलेसन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नुनपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ, उनले भने, हामी गरिवीबाट मुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । सिंगै पपुलेशनलाई गर्न जरुरी छ । हामी यो साईन्स एण्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौं ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिवी अन्त्य गरौं । र, सम्पूर्ण पपुलेशनलाई अगाडि बढाऔं भनेर ।’ अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल