Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारी दिवसकाे उपलक्ष्यमा रक्तदान

काठमाडौं/हाल बिश्वभर महामारीको रूपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड-१९ ले हाम्रो देशकाे रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न/गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज २०७८ फाल्गुन २४ गते मंगलबारका दिन ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसकाे उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा १३ वडा महिला बिकास समिति र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १३ वडा नगर समितिद्वारा संयुक्त तवरले स्थानीय कालिमाटी चाेकमा एक बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएकाे छ ।
साे कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुबनारायण मानन्धर,नेपाल रेडक्रस साेसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथि र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित अतिथि रहनुभएको उक्त बिशेष रक्तदान कार्यक्रमकाे सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जनले गर्नुभएको थियो ।
“पीडितलाई राहत स्वरूप रक्तदान गर्न/गराउँन गरिएकाे अाह्वानलाई सार्थक सिध्द गर्नु हामीले मात्र हाेईन अाम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरू जाे काेहिकाे पनि प्रमुख दायित्व नै हाे भन्दा फरक नपर्ला” कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जनले बताउनु भयाे ।
प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई सम्मान स्वरूप डाेनर र प्रमाण-पत्र प्रदान गर्नुभएकाे थियोे ।
बिहान ९:०० देखि १२:०० बजेसम्म सञ्चालित साे बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ७१ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएकाे थियोे ।