Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निक्षेपकर्तालाई धेरै ब्याजदर दिने ७ वाणिज्य बैंक

काठमाण्डौ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेका छन् । नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिटजन्स बैंक, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया बैंक र कुमारी बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेका छन् । यी बैंकले १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.८९६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.८९६ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।
यी ७ बैंकपछि बढी ब्याज दिनेमा नविल बैंक पनि पर्छ । नविलले एक वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा १९.४९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
जुन बैंकले निक्षेपकर्तालाई बढी ब्याजदर दिन्छन् उनीहरुले ऋणीसँग पनि बढी ब्याज असूली गर्छन् । यदि तपाईं निक्षेप राख्नुहुन्छ भने बढी ब्याजदर दिने बैंकमा राख्दा तपाईंलाई फाइदा हुन्छ । तर, ऋण लिँदै हुनुहुन्छ भने निक्षेपकर्तालाई कम ब्याजदर दिने बैंकबाट ऋण लिनुभयो भने तपाईंलाई सस्तो पर्छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपमा प्राइम बैंकले १०.५, लक्ष्मी सनराइज बैंकले १०.४, प्रभु र एभरेष्ट बैंकले १०,१० प्रतिशत ब्याज दिन्छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकले एक वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिन्छन् । चाटर्डले भने सबैभन्दा कम अर्थात् ८.९२ प्रतिशत ब्याज दिन्छ ।


सम्बन्धित समाचार