Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजामती कर्मचारीहरू पनि आन्दोलनमा

काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा शिक्षकहरुको आन्दोलन चलिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका सुरु गरेका हुन् । उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेको छ। स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने, उनीहरुले मागको १० औं बुँदामा भनेका छन्। शुक्रबारदखि आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ । यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने बताइएको छ।


सम्बन्धित समाचार