Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजामती कर्मचारीहरू पनि आन्दोलनमा

काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा शिक्षकहरुको आन्दोलन चलिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका सुरु गरेका हुन् । उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेको छ। स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने, उनीहरुले मागको १० औं बुँदामा भनेका छन्। शुक्रबारदखि आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ । यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने बताइएको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल