Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा ६७.२८ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा उल्लेख्यरुपमा वृद्धि गरेको हो ।
चालु आर्थिक बर्षको चैतसम्म बैंकले एक अर्ब १६ करोड १८ लाख रुपियाँ नाफा गरेको छ । जबकी गत बर्ष सोही अवधिमा ६९ करोड ४५ लाख रुपियाँ नाफा गरेको छ । समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपियाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा पनि बढेको हो ।
यस अवधिमा निफ्राको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५६.११ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ६७.३१ प्रतिशतको वृद्धि हो । यससँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपियाँ ८८ पैसा बढेर ७ रुपियाँ १७ पैसा पुगेको छ । समीक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०९ रुपियाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ।
निफ्राको चुक्ता पूँजी जगेडा कोष ४१।२९ प्रतिशत, निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशत बढेको छ । चुक्ता पुँजी भने स्थिर छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल