Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को नाफा ३४ प्रतिशतले बढेको छ । निफ्राले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५७ लाख रुपियाँ खुँद नाफा कामाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४।२० प्रतिशतले बढेको हो । गत वर्ष यस्तो नाफा २५ करोड ७६ लाख रुपियाँ भएको भएपनि निफ्राले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । गत आवको पहिलो त्रैमासमा २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा ४१ करोड ३४ लाख १३ हजार रूपियाँ पुगेको हो ।
यो बैंकको सञ्चालन नाफा २५ करोड ७६ लाख ४२ हजार रुपिँयाँबाट बढेर ३४ करोड ५७ लाख ४३ हजार रूपिँयाँ पुगेको छ । २० अर्ब चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी ४ रूपिँयाँ ८४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रूपियाँ २२ पैसा रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल