Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

मोरङ । सुन्दरहरैचा नगरपालिका(१० खोर्सानेबाट नियन्त्रित लागूऔषध गाँजा ३ किलो ४ सय ग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका(१ बस्ने १९ वर्षीय रितिक बस्नेत, सोही ठाउँ बस्ने १९ वर्षीय बिकाश धिमाल र लक्ष्मी गुरुङ रहेका छन् ।
प्रहरी चौकी बिराटचोक मोरङबाट खटिएको प्रहरीले को।३८ प ९१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच, बेलका नगरपालिका(९ कुलुङ टोलबाट एक थान भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँ बस्ने चन्द्रकेशव राईको घरमा उनको छोराको न्वारनको कार्यक्रम भईरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय शम्भु बुढाथोकी र निजको साथी ठूलोभाइ भन्ने हाल नाम, थर, वतन नखुलेका व्यक्तिले भरूवा बन्दुक देखाई पाहुनाहरुलाई धम्काएको र बन्दुक खोस्ने क्रममा २ जना स्थानीयबासीलाई सामान्य चोट लागेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।
हाल फरार रहेका बुढाथोकी समेत २ जनाको खोजी कार्य गर्नुका साथै प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार