Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो विरोध नहोस् भनेर जथाभाबी पदक तथा विभूषण वितरण गरेको आरोप लगाएका छन् कुनै एक कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो सरकारले त्यसैगरी पदक वितरण गरेको भए खपिनसक्नु हुने टिप्पणी गरे ।
‘यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वार ह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओ हो के हुन्थ्यो बुद्धिजीवी, नागरिक समाजले के भन्थे’, ओलीको प्रश्न छ । तर अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप र शान्त रहेको टिप्पणी गरे ।
उनले राजनीतिमा नैराश्य प्रदान काम सरकारले गरेको भन्दै निरङ्कुश राजतन्त्र लडेर मुलुकलाई संघीय गणतन्त्रसम्म ल्याए पनि पुनः अहिले निराशा छाउने काम सरकारले गरिरहेको बताए । फरक प्रशंगमा ओलीले कम्युनिस्टहरू पावर केन्द्रित हुन्छन् भन्ने कुरामा सत्यता नरहेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूभन्दा अघिल्लो वक्ताका रूपमा रहेका दमननाथ ढुंगानाले भनेजस्तो कम्युनिस्टहरू शक्तिकेन्द्रित हुन्छन् भन्ने कुरामा आफ्नो असहमति रहने बताएका हुन् । ओली भन्दा अघि बोलेका ढुंगानाले कम्युनिस्ट पार्टीहरू केन्द्रीकृत हुन थालेको बताएका थिए । ओलीले दमनको सोही अभिव्यक्तिप्रति असहमति जनाएका हुन् ।
आदरणीय मित्र दमनजी उमेरमा पनि म भन्दा पाको हुनुहुन्छ । उहाँको कुरामा कुनै असहमति जनाइरहन, केही गर्न इच्छा छैन तर कम्युनिस्टहरू शक्ति केन्द्रीकृत गर्छन् भन्ने कुरामा मैले असहमति जनाउनुपर्छ जस्तो लाग्छ’, ओलीले भने, ‘कम्युनिस्टहरू दमनकारी हुन्छन् त्यसकारण फाटो हुन्छ भन्ने, फाटो विचारको पछ्यौटेपन र आत्म केन्द्रित हुने देश र जनताप्रति केन्द्रीकृत नहुने हुँदा प्रकट हुन्छ ।’
अध्यक्ष ओलीले काँग्रेसभित्र आठ सालबाट एउटा व्यक्तिले दुईटा पद हुनुहुँदैन भनेर बीपीले आवाज उठाए पनि पछि उहाँ नै पार्टी सभापति र प्रधानमन्त्री हुनुभएको भन्दै राजनीतिका तर्क कहिले यता र कहिले उता फर्कन नहुने बताए ।
कार्यक्रममा ओलीले स्व जननेता मदन भण्डारीको नेतृत्व, विचार र उहाँले अघि बढाएको आन्दोलन असाधारण भएको पनि बताएका छन् । ओलीले मदनले अघि सारेका विचार, उनले गरेको नेतृत्व र आन्दोलन छोटो समयमै गति लिन सफल भएकाले त्यो असाधारण रहेको बताएका हुन् ।
‘छोटो अवधिमा मदनले अघि सारेका विचार, उहाँले गरेको नेतृत्व र आन्दोलन असाधारण थियो । त्यो असाधारण गतिका साथ अघि बढ्यो’, ओलीले मदन भण्डारीले काँग्रेस नेताहरूलाई कन्भिन्स गरेपछि ०४६ सालमा संयुक्त आन्दोलन गरेर पञ्चायती निर्दलीय व्यवस्था फालिएको बताए । त्यसपछि संविधान, लोकतन्त्र, जनजीविका, राजनीतिक प्रणालीको परिचालन, न्याय र समानताका प्रश्नमा मदन भण्डारीले युगान्तकारी विचार शिलशिलागत ढंगले सम्प्रेषण गर्न मदन सफल भएको ओलीले बताए । ओलीले मदनले अघि सारेको नवीन र समयानुकूल सोचलाई आफ्नो पार्टीले अघि सारेको भन्दै पछिल्लो समय अस्थायी घटनाक्रम देखिएको बताए ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल