Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्मला काण्ड राजनीतिकरण : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दाबी गरेका छन् । प्रमुख सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको गृहमन्त्री बादलले दाबी गरेका छन् ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन १ वर्षको अवधिमा प्राप्त उपलब्धिको चर्चा गरेका गृहमन्त्री बादलले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पेश गरे । निर्मला पन्त हत्या प्रकरणको छानबिनको कामलाई सरकारले अहिले पनि गम्भिरतापूर्वक अघि बढाईरहेको गृहमन्त्री थापाको भनाइ थियो । गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क पनि गरे ।

गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न पनि सबै पक्षलाई आह्वान समेत गरे । गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने र अनियमिततामा संलग्न १८ सय ठेकेदारहरुको फाइल कारबाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिए । विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कारबाही गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।


सम्बन्धित समाचार