Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह आरआईटी र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बतायो ।
‘निर्मलाको बलात्कार तथा हत्या भएपछि कञ्चनपुरबाट एक जना भारतीय नागरिक हराइरहेका थिए, तिनलाई लामो समयदेखि खोजी गरिरहेका थियौं’ प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘उनैलाई सोधपुछका लागि ल्याएका हौं ।’
उनका अनुसार पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको थियो । ‘नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ उनी भन्छन्, ‘यद्यपि रिपोर्ट आइसकेको छैन ।
प्रारम्भिक सोधपुछमा चाहिँ उनले इन्कारी बयान दिएका छन् । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए । त्यही आधारमा प्रहरीले अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको थियो ।
निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान रु प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘घटना भएको क्षेत्रका विभिन्न महिलाहरुसँग सोधपुछ गर्दा उनीहरुले अलीको हुलिया भएको व्यक्तिले महिलाहरुलाई जिस्काउने र नराम्रो व्यवहार गर्ने बयान दिएका थिए, त्यसैले उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्छ भनेर लागेका थियौं ।’
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदी चाहिँ अहिलेको नियमित प्रक्रिया अनुसार नै अनुसन्धान भइरहेको बताउँछन् । घटना सुल्झिने खालको कुनै पनि सबूत प्रमाण फेला पारेका छैनौं’ चर्तुवेदीले भने, ‘घटनास्थल वरिपरिका संकेतबारे यो घटना भएदेखि हालसम्म अनुसन्धान भइरहेकै छ ।’
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल