Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दिनेश बुढाथोकी, कलाकार
दोलखा, शैलुङ गा.पा.७, का स्थानीय बासिन्दा दिनेश बुढाथोकीले एक दर्जन म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् । यतिबेला दिनेश बुढाथोकी चलचित्र क्षेत्रका ब्यस्त कलाकारको रुपमा चिनिन्छन् । अभिनयमा अब्बल दिनेश बुढाथोकी नेपाली सिने जगतका आशा लाग्दा प्रतिभा हुन् । उनले बिगतमा जय प्रशुराम, धनमान, लिला, रुद्र, लाले आदि चलचित्रमा काम गरिसकेका छन् । उनिसंग गरेको संक्षिप्त कुराकानी
० केमा ब्यस्त हुनुहुन्छ ?
यतिबेला स्क्रिप्ट हेर्ने कार्यमा ब्यस्त छु । वर्षातको मौसम भएकोले फिल्मको सुटिङ त्यति छैन । दशैं लगतै छायांकन हुने चलचित्रमा अनुबन्ध भएको छु ।
० सिने क्षेत्रमा कलाकारहरूको आर्थिक स्तर बढ्न सकिरहेको छैन भन्छ नि ?
अहिले केही हदसम्म सुधार भएको छ । बिगतमा चिउराको भरमा पनि काम गरियो अहिले त्यसतो छैन । धेर थोर जे जति भएपनि काम हेरेर पारिश्रमिक दिने कार्यको सुरुवात भएको छ । कलाकारिताबाट पनि बाँच्न सकिने वातावरण बनेको छ । चलचित्र पनि धेरै नै बन्न थालेको छ । जसले गर्दा कलाकारहरूलाई कामको दुख छैन, काम भएपछि दाम त भैहाल्छ नि ।
० चलचित्र धेरै बनेपनि हेर्ने दर्शक भने कम छ नि ?
हाम्रो चलचित्रको बजेट थोरै हुन्छ, बजेट अनुसारको चलचित्र बन्ने भएकोले दर्शकहरूको नेपाली चलचित्र प्रति क्रेज कम भएको होला । तर, राम्रा चलचित्र चलेका पनि छन् । अहिलेका दर्शक भनेको हलिउड, बलिउडबाट प्रभावित छन् । जसले गर्दा नेपाली चलचित्रका दर्शक कम हुनु स्वभाबिक हो ।
० हलसम्म दर्शकलाई तान्न के गर्नु पर्ला ?
हामीसंग पनि अहिले नयाँ नयाँ प्रबिधिहरू छन् । त्यसलाई सदुपयोग गर्दै राम्रा राम्रा लाकेशन, विषयवस्तु चयनमा ध्यान पुर्याउने हो भने नेपाली दर्शक हलसम्म पुग्न कत्तिनि समय लाग्दैन । हलिउड र बलिउडको दाँजोमा पुग्न त समय लाग्ला तर दर्शक रुचिको चलचित्र बनाउँन सक्नु पर्छ ।
० नेगेटिभ, पोजेटिभ दुबै भूमिकामा देखिनु हुन्छ खासमा तपाई नायक हा कि खलनायक ?
चलचित्रको पात्रमा भरपर्छ । नायक होस् वा खलनायक दुबै पात्रको चरित्र सहज रुपमा निभाउँन सक्नु नै वास्तविक कलाकार हुन् । कलाकार भईसके पछि यही भूमिकामात्र गर्नु पर्छ भन्ने छैन । त्यसैले आफुलाई चित्तबुझ्दो भूमिका भयो भने जस्तो सुकै भूमिका होस् काम गर्न गारो मान्दिन ।
० धेरै भो कला क्षेत्रमा लाग्नु भएको ?
भयो होला १५ वर्ष जति । सुरु सुरुमा त यो क्षेत्र छाडेर अरु नै काम गरुजस्तो भएको थियो दुख देख्दा । अहिले काम पनि पाईरहेको छु, राम्रै भईरहेको छ । अब यसैमा निरन्तर लागि रहने बिचार गरेको छु ।
० अन्त्यमा केही……?
कलाकारले मिहेनत गरेको हुन्छ । निर्माताले ठूलो लगानी गरेको हुन्छ । त्यसैले नेपाली चलचित्रलाई मायाँ गरिदिनु होला । निर्माताको लगानी सुरक्षित भयो भने उहाँहरूले फेरी फेरी चलचित्रमा लगानी गर्न सक्छन् । कलाकारले काम पाईरहन्छ । एउटा कलाकारलाई सम्झेर केही भनाई राख्नी मौका दिनु भएकोमा ताजा खबर साप्ताहिक परिवारलाई धन्यवाद ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल