Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचनका बेला ११ जिल्लामा गोली चल्यो

काठमाडौं। निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनु परेको बताए । प्रहरी प्रधान कार्यालयले चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको जनाएको छ । त्यसै गरी दोलखाका ७ ठाउँमा स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।