Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचनको कमाण्डर तोकिए एआईजी थापा

काठमाडौं । आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलको जिम्मेवारी अतिरिक्त महानिरिक्षक–एआईजी सहकुल थापालाई दिइएको छ । थापाले यसअघि स्थानीय निर्वाचनमा पनि केन्द्रीय निर्वाचन सेलको नेतृत्व गरेका थिए । संघीय तथा प्रदेश निर्वाचन मंसिर ४ गते हुँदैछ । प्रहरी प्रधान कार्यालयले सोमबार देशभरका जिल्ला युनिटहरुलाई सर्कुलर गर्दै निर्वाचन सेल गठन गरेर तयारी थाल्न निर्देशन दिएको छ ।