Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचन आयोगबाट घण्टी बजाउँदै निस्किए रवी

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । पार्टी घोषणा भएकै दिन लामिछाने निर्वाचन आयोग दल दर्ताको लागि पुगेका थिए । पार्टीले प्रस्ताव गरेकै चुनाव चिन्ह गोलाकारभित्र घण्टी पाएको छ । यसअघि उक्त पार्टी दर्ता नगर्न भन्दै केही व्यक्तिले निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, आयोगले आवश्यक छलफल गरेर पार्टीको नाम र चुनाव चिन्ह आज आफूहरुलाई प्रदान नेता दीपक बोहराले जानकारी दिए ।
लामिछानेले भने यसअघि नै आयोगले गर्ने निर्णय आफूहरुलाई मान्य हुने प्रतिक्रिया दिएका थिए । उनले आयोगले दल दर्ताको मान्यता दिएपछि पार्टीका अन्य गतिविधि सञ्चालन गरिने बताएका थिए ।