Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले आज बस्नेगरी सर्वदलीय बैठक डाकेको छ। राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकमा राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल हुने बताइएको छ । सर्वदलीय बैठक १७ दललाई निमन्त्रणा गरिएको छ । राष्ट्रिय सभा निर्वाचन १२ माघका लागि तय भएको छ । स्थानीय तहको निर्वाचनको भने मिति तय हुन सकेको छैन् ।