Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निषेधाज्ञाको दोस्रो दिन पनि राजधानी ठप्प

काठमाडौं । निषेधाज्ञा जारी गरिएको दोस्रो दिन पनि राजधानी काठमाडौं उपत्यका ठप्प भएको छ । कोरोना भाइरसको सं‌क्रमण फैलन नदिन काठमाडौं उपत्यकामा निषेध आदेश जारी भएको आज दोस्रो दिन । काठमाडौंका सडक सुनसान देखिएका छन् । आज हरितालिका तीज भएपनि महिला चेलिबेटीलाई आफू रहेका ठाउँमै बसेर तीज मनाउन आग्रह गरिएको छ । अत्यावश्यक सवारीका साधन बाहेक सडकमा अन्य सवारीका साधन गुडेका छैनन् ।