Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘कर्डन एण्ड सर्च’ ड्युटी खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको हो । राप्रपाले स्थानीय प्रशासनसँग अनुमति मागेको जानकारी प्रहरीकहाँ आएको छैन । ‘कर्डन एण्ड सर्च’ ड्युटीअन्तर्गत सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवासलगायतका संवेदनशील क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बबरमहलदेखि तीनकुनेसम्म प्रहरी तैनाथ छ । भद्रकाली र माइतीघरमा सुरक्षा कडा पारिएको छ । भद्रकाली(सिंहदरबार सडकमा प्रहरी तैनाथ छन्। नक्साल, भाटभटेनी मन्दिरस्थित ढुङ्गेधारा र गैरीधाराबाट खोर्सानीटारतिर प्रहरी खटिएएको छ । महाराजगञ्ज र नारायणगोपाल चोकमा प्रहरी तैनाथ छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीमा पनि प्रहरी छ । बालाजुतिरका सवारी साधन अस्कल क्याम्पसमा रोकेर ठमेलतिर डाइभर्ट गरिएको छ । प्रहरीले निषेधित क्षेत्रतिर कोही आए नियन्त्रणमा लिने लिने तयारी छ ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल