Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नीति तथा कार्यक्रममाथि नेकपाको सचिवालय मा छलफल

काठमाडौं । मुलुक संकटको भुमरीमा रहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा आज संसदमा राट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिएको श्रेष्ठले बताए ।
आजको बैठकमा स्थायी कमिटी बैठकका बारेमा छलफल हुने बताइए पनि यो विषयले प्रवेश पाएन । मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकका विषयमा छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए।