Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्रीका निम्ति अध्यक्ष प्रचण्डलाई अगाडि सार्दा चौतर्फी विरोध भएपछि त्यो पार्टीले आकास्मीक निर्णय गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । स्थायी समिति सकिएलगत्तै सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।
निर्वाचन आयोगमा पार्टी आधिकारीकताका लागि जानु पर्ने बाध्यताका कारण नेकपाको बहुमत पक्षले केन्द्रीय सदस्यहरुलाई नागिरकता लिएर उपस्थित हुन निर्देशन दिएको हो । आयोगका प्रमुख दिनेश थपलिया प्रम ओलीका विश्वास पात्र भएकाले उनीबाट हुन सक्ने बेइमानीलाई चुनौती दिन पनि नेकपालाई यो बाध्यता परेको हो ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल