Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपामा भ्यागुता, सर्प र बिच्छि

जनचाहना विपरितका कर्ममा जुटेको नेकपा नेतृत्व आपसी आशंकाले ग्रस्त छ । प्रकृतिसँग रमाएर असारको गर्मिले जमिनभित्रबाट संसारीक जीवनमा कावा खाँदै जसरी सर्पले भ्यागुता ताक्छ त्यही रुपमा भ्यागुताले दह त्याग्दै बिच्छीसँग ज्यान बचाउने पुकार गरे जस्तै भएको छ सत्ताका कर्मयोगीहरुको अवस्था ।
जनमतमाथि गद्दारी गर्दै संसदको झण्डै दुई तिहाई उपर दोहन गर्ने नीतिगत भ्रष्टाचारको नायक बनेर कहिले राष्ट्रपतिलाई द्वन्द्वमा फसाएको छ कहिले मशेह बस्नेत ब्राण्डका हावादारी लौरीको भरमा पार्टी दर्ता गरेको छ । षड्यन्त्र र खुराफात गर्दै यहाँसम्म आउँदा कानुनको ख्याल छैन । तस्कर र लुटाहाको मोहजालले घेरिएको त्यो लौह पुरुष भ्रामरी ग्रहले ग्रस्त हुँदा विगतको एमालेमा माधव, झलनाथले आखिर अस्तित्व रक्षाका लागि संघियता, गणतन्त्र र समावेशीताको योजनाकार माओवादी पक्षको सहारा लिन बाध्य भएका हुन् ।
यहाँ वामदेवप्रति विश्वास छैन । उनलाई सांसद पदमै हराएका केपी र ईश्वरहरुको खेलौना हुनु्छ । सांसद बिनाको प्रधानमन्त्री पदको उधारो खेती सुहाएकै छ । आखिर एमाले फुटेकै छ, माओवादी कित्ताका शक्ति बस्नेत, वर्षमान पुन, रामबहादुर थापा, गिरिराजमणि पोखरेल, बिना मगर, लेखराज भट्टले झूट, लुट, कपट र भष्मासुरहरु बिना स्वर्ग देखिँदैन भन्ने ओली शास्त्र रुचाएको पाइएन । जनता भोकले मर्छ, ओलीको सवाइमा कोही भोको मर्दैन भन्ने छ । ३० प्रतिशत सांसद लिएर पार्टी फुटाउँदा प्रमका अरिंगालको हविगत कस्तो होला ? उनीहरुप्रति कस्तो जनमत होला सोचविचार गरेर नै विवादको मिलनबिन्दु भ्यागुता, सर्प र बिच्छि एउटै तालमा रमाए जस्तै परिस्थिति सिर्जना गरोस् भन्ने नै हो ।
ओली शास्त्र रुचाउने विद्यादेवी भण्डारी राष्ट्रको पति भइनन् गुटको राष्ट्रपति भइन् । गोकुल बास्कोटा, महेश बस्नेत, निरुदेवी पाल, पार्वत गुरुङ, नविना लामाहरुलाई ओली शस्त्रले सिद्धान्त र विचारको प्रवचन सुघाउनै परेन । नेकपाको गरिमा जनताको अपेक्षामाथि गरिएको यो घातको समयले पैंचो फेर्छ कि वामदेवजस्ता ओली शास्त्रको मोहनी लागेका नेताका दिन फिर्लान् ?