Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपामा विवाद बढेपछि चिनियाँ राजदूतको दौडधूप

काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद चर्किएको बेला चिनियाँ राजदूतको दौडधूप चर्किएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि  चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको पुष्टि गरे । तर, भेटमा भएका कुराकानीका विषय भने खुलेको छैन । यद्यपि चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताइएको छ । गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाएकी थिइन् । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुसम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् । त्यसबेलादेखि नेकपाको विवाद मिलाउन भूमिका खेलेको भनेर राजदूत होउमाथि आरोप लाग्दै आएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतामा पनि पहल गरेको भनेर चीनमाथि आरोप लाग्ने गरेको छ ।