Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी एकीकृत समाजवादी तर नीति र सिद्धान्त जनताको बहुदलीय जनवाद लिएपछि एमालेबाट चोइटिएको नेकपा एकीकृतको संगठन संरचना बढ्छ कसरी ? पार्टीको महाधिवेशले पास गरेको समाजवादी सिद्धान्त र कार्यक्रम दस्तावेजमा प्रवेश गर्न नदिने माधवकुमार नेपाल त्यसको अध्यक्ष छन् । देशमा १६ थरि नेकपा छन् । जनताको बहुदलीय जनवादको ठूलो ठेकेदार नेकपा एमाले नै भएपछि माधवको कुवा कसरी आकर्षक हुन्छ ? केन्द्रीय अधिवेशनको प्रभाव प्रदेशमा परेको छैन । प्रदेश र जिल्लाका बीच समन्वय छैन । ठूलाको चाकडी गरेर पदको भारी बोक्नेले आफ्नो दायित्व पूरा गर्दैनन् । कार्यकर्ता निस्क्रिय छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पेलिएका जो जति माधव नेपालको पछि लागेका छन् तिनलाई प्रदेश र जिल्लाको संगठनमा चासो छैन । वामदेव जस्ता आँटीलो नेता समू्ह सहित एकीकृतमा प्रवेश गर्न खोज्दा आफ्नो पद खोसिन्छ भनेर राजेन्द्र पाण्डे, डा. वेदुराम भुसाल, जगन्नाथ खतिवडाले विरोध गर्दा एकीकरण रोकियो । एकीकृतका प्रदेश कमिटी टीके प्रथाबाट बनाइएका छन् । त्यहाँ केन्द्रीय महाधिवेशनले पारित गरेका नीतिगत विषयले ठाउँ नै पाएनन् । हिजो चुनावमा माओवादीका कारण नेकपा एमालेले १४ सिट जित्यो । एकीकृतले पाएका सीटमा पनि जनतासँग भिजेको भन्दा केन्द्रमा ठूलाकै चाकडी गरेको नेतालाई मात्र टिकट दियो । माओवादीले १० सिटे पार्टीका रूपमा एकीकृतलाई उभ्यायो । यद्यपि राष्ट्रिय पार्टी भएन । तर अहिले गठित समाजवादी मोर्चालाई बलियो बनाउन माधव समेत लागेका छैनन् । जसले जे सुकै भने पनि स्व. भरतमोहनका कारण पहाडमा बाटो पु¥याएर घरबास थमाउने काम भयो । माओवादीले पुराना गाउँ विकास समिति जोडेर गाउँपालिका खडा गरेर संघीयताको प्रभाव पार्ने काम ग¥यो । तर एकीकृतबाट समाजवादी लाइन स्थापित गर्ने आँट देखाइएन । उच्च, मध्यम वर्गको बाहुल्यता माओवादी, एमाले काँग्रेसमा जस्तो एकीकृतमा छैन । एमालेमा केपीद्वारा पेलिएको ठूलो जमात छ त्यो जमातलाई एकीकृतमा ल्याउन सक्नु पथ्र्यो । उनीहरू आउन चाहन्छन् तर पार्टीको गतिविधि छैन । ३४१ जनाको केन्द्रीय समितिमा १६५ निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्ने आँटिलो नेता छैन । एकीकृतकै केन्द्रीय सदस्य पार्टी फुटको औचित्य सोध्दैछन् । काठमाडौंमा रमाउने ठूलो घरका धनाढ्य पदाधिकारीको बैठक बस्छ ठोस निर्णय हुँदैन । एमाले–काँग्रेसको बुई चढेर सत्तामा छ । काँग्रेसले बन्द भएका र चालु अवस्थाका उद्योग निजीकरण गर्ने निर्णय गर्छ । नेकपाको तर्फबाट त्यो निर्णय गलत छ कसैले भनेन । नेकपाका ५ घटक संसदमा छन् । ११ दबाव समूहका रूपमा छन तर नेकपा एमालेले उद्योग निजीकरण गर्ने भन्छन् ती कम्युनिष्ट विरोध गर्दैन । जसले दलाल पुँजीवादको अर्थ, कार्यकर्तालाई बुझाउँदैनन् । उद्योग धन्दाले सम्पन्न देशले आवश्यक कच्चा पदार्थ अर्को देशसँग लिन्छ, उत्पादन बढाउँछ । निजीकरणले राष्ट्रिय पुँजीको संरक्षण गर्नुपर्छ तर नेपालमा उद्योगको जमिन कब्जा गरेर भूमाफियाको स्वार्थमा बस्ती बसाल्ने योजना बन्छ । तर राज्य नियन्त्रित पुँजी बिना समाजवाद आउँदैन भन्ने ज्ञान नेतृत्वमा छैन । जसले राष्ट्रिय पुँजीको प्रोत्साहन गर्दैन । त्यसले कसरी समाजावदको बाटो लिन्छ ? यस्ता प्रश्न माओवादी र एकीकृत समाजवादीमा गर्नुपर्छ । एकीकृत महिलाबीचमा पार्टी पुगेन । मध्यम वर्ग नसमेटी पार्टी ठूलो बन्दैन । महाधिवेशनको प्रस्ताव दस्तावेजमै अटाउँदैन भने जबजको काट्टो खान माधवको पछि जनता किन लाग्छ ? जनता ठग्ने र ढाँट्ने त नेकपा एमाले छँदैछ ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल