Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको छ ।
गत बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर सो निर्णय भएको २ घण्टा नबित्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयको निर्णय नमान्ने बताएको सूचनाहरु बाहिरिएसँगै नेकपाभित्र चरम विवाद देखिएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेको बताइन्छ । तर पार्टीले गरेको निर्णय मान्नै पर्ने सचिवालय सदस्यहरुले दबाब दिएपछि ओली अप्ठ्यारोमा पर्दै आएका छन् ।


सम्बन्धित समाचार

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल