Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । मुलुक चौतर्फी संकटमा फसेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको छ । सरकारले आजको संसद बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज ४ बजे संसद बैठक बोलाइएको छ । बैठकमा पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेका छन् । यसअघि नै सबै सचिवालय सदस्य बैठक कक्षमा प्रवेश गरिसकेका थिए ।
बैठकमा यसअघि सचिवालय बैठकले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछि अर्को बैठक कहिले बोलाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।


सम्बन्धित समाचार