Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा समाजवादीको तर्फबाट क–कसको भाग्य खुल्यो ?

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारका अगाडि झुक्न नसकेर छुट्टै चुल्हो चौका गरेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।
मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । अहिले साँझसम्म उनले ६ जनाकै नाम टुँगो लगाएका हुन् । नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् ।

खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ । प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै फिर्ता लिने तयारीसमेत गरेको छ । त्यसको लागि अहिले मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।