Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । देशले सार्वभौमीकताको रक्षा र राष्ट्रिय सुरक्षाका निम्ति राष्ट्रिय निति बनाउने तर्फ ध्यान नदिदा राजनितिक दलका नेता तथा सांसदहरु छिमेकी भारत तथा तेसा्रे मुलुकको दलाली गरेर आफ्नै अनुहारमा कालो पोतीरहेका छन् । राष्ट्रिय स्वभीमान र आत्म गौरवका निम्ति पनि देश परनिर्भर हुनुबाट बच्न जरुरी हुन्छ । नेपालमा देशको राष्ट्रिय निति नहुदा अवैध ढंगले आर्जन गरेको सम्पत्ति विदेशमा राख्ने प्रवृति बढिरहेको छ । स्रोत नखुलेको सम्पत्ति माथि राज्यले छानबिन गर्ने संस्कार हुने थियो भने उद्धोगी व्यवसायीहरुले राज्यकोष ठगेर मनपरी गर्न पाउने थिएनन् । छिमेकी देशको नाताले भारत प्रति नेपालीको सम्बन्ध भएपनि त्यहाँका शासकहरुले नेपालप्रति गरेको व्यवहारको कारण नेपाली जनमत भारतप्रति सकारात्मक देखिदैन ।
छिमेकीको नाताले सिमा अतिक्रमण गर्ने सिमा नदीहरुमा एक तर्फी बाँधबाँधेर नेपाली भूमि दुबाउने गलत कार्यहरु भारतको तर्फबाट हरेक बर्ष हुदै आएको छ । समयमा चासो नदिने समस्या जतिखेर आइ लाग्छ त्यति खेर रुवाबासी गर्ने चरित्र नेपाली राजनितिले ग्रहण गरेको छ । जुनसुकै राजनितिक दलका नेता पनि आफू सत्तामा टिक्न र पुग्न भारतको साथ खोज्ने गर्र्दछन् । बर्तमान सरकारका प्रधानमन्त्री केपि ओली विभाजित नेकपाका अध्यक्ष पुष्प कमल दहाल नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा अहिले भारतीय सासकहरुको अशिर्वाद लिन दौडधूप गरिरहेका छन् । सिमा क्षेत्रका नेपालीहरु माथि आहिले पनि भारतीय प्रहरीले दमन गरिरहेको छ । त्यहाँको समस्या दुई देशका प्रसासकहरु बिच छलफल गरेर समाधान गर्ने तर्फ लाग्न जरुरी छ ।
झण्डै ७० प्रतिशत जनमत भारतको सत्ता पक्ष प्रति आर्कपण भएको सन्दर्भमा पनि त्यही भारतले नेपालमा शिक्षा, पर्यटन, स्वास्थ, कृषी, क्षेत्रमा साथ दिइरहेको देखिन्छ । लगानी पनि गर्ने नेपालको अपरा जलस्रोत पनि कब्जा गर्ने भारतीय नीति रहेको अवस्थामा देशले राष्ट्रिय निति बनाउन नसक्दा पार्टी नेताहरु विदेशीको दलाल बन्नुले पनि राष्ट्र स्वाभीमान कमजोर बनेको हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल