Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा थप १ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा १ जना कोरोना संक्रमित थपिएको बताए । नयाँ संक्रमित उदयपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।
यस्तै, उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताए । प्रवक्ता देवकोटाका अनुसार उदयपुरमा थप १०० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना संकलन गरिएको छ । ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा देवकोटाले बताए । उनका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै कुल संक्रमित जनामध्ये ४ जना निको भएर घर फर्किएको र २८ जना विभिन्न अस्पतालमा उपचारत रहेको डा देवकोटाको भनाइ छ । प्रवक्ता देवकोटाका अनुसार र्‍यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म २७ हजार ९ सय ५६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ८ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको छ ।


सम्बन्धित समाचार