Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा २७९ थपिँदा ४ हजार ३६४ पुग्यो संक्रमित

काठमाडौं । संक्रमितको संख्या बढ्ने क्रममा नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको हो । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार सुर्खेत अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना महिला र २३ जना पुरुष सहित २५ जना, जाजरकोटका ३ जना पुरुष र सुर्खेतका ३ जना महिला र ६ जना पुरुष सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका एकजना पुरुष, कैलालीका एक बालिका र एक महिला सहित १० जना पुरुष, कञ्चनपुरका २ जना पुरुष र डडेल्धुराका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका १० जना पुरुष, कपिलवस्तुका एक महिला र बालक सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा धादिङका १६ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये ४ जना महिला र १२ जना पुरुष रहेका छन् ।यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा धनुषाका ११ जना पुरुष, गोरखाका १ जना महिला र ३ जना पुरुष सहित ४ जना कपिलवस्तुका एक बालिक सहित ३ महिला र अन्य पुरुष गरी २२ जना, नुवाकोटका १ जना पुरुष, रौतहटका १ जना महिला र ५१ जना पुरुष सहित ५२ जना, सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका २ जना पुरुष, सिराहाका एकजना पुरुष र उदयपुरका एकजना महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । हालसम्म ६ सय ७४ जना कोरोना संक्रमति अस्पतालबाट डिस्चार्ज भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।
यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख१० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल