Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालसहित ११ मान्यलाई कारबाही गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको औपचारिक घोषणा हुन लागेको बेला नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । आज बस्ने बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जना सांसदहरुलाई कारबाही गर्ने तयारी छ । संसद् विघटन गर्ने कदमको विरुद्धमा आज विपक्षी गठबन्धन सर्वोच्च अदालतमा जाँदैछन् । एमालेका २० भन्दा बढि सांसदहरुको पनि रिटमा हस्ताक्षर रहेको बुझिएको छ । पछिल्लो समय एमालेको विवाद अब विभाजनतर्फउन्मुख रहेकोले ओलीले अब माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीसहित खनाल नेपाल पक्षका सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्न लागेका छन् । उता, नेपाल पक्षले पनि अब आफूहरु नयाँ पार्टी गठनको तयारीमा जुटेको जनाइसकेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल