Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मौलिक कला, भेषभूषा सांस्कृतिक विविधता नै नेपालको पहिचान, गर्व र सम्पत्ति हो । यिनै अमूल्य सांस्कृतिक धरोहरलाई जोगाउँदै विश्वमञ्चसम्म पु¥याउने यात्रामा तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक क्षेत्रमा निरन्तर लागिरहनुभएका वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के.सी. नेपाली लोककला र संस्कृतिको प्रवद्र्धनमा सक्रिय रहँदै आउनुभएको एउटा परिचित नाम हो । गाउँघरका मौलिक नृत्यहरूलाई माया र संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म उहाँले नेपाली संस्कृतिको उत्थान, प्रवद्र्धन र प्रचार–प्रसार गरी कार्यक्रमहरू गर्दै आउनु भएको छ । हाल एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही चैत ६ गतेदेखि चैत १३ गतेसम्म देशका विभिन्न प्रमुख स्थानहरूमा मञ्चन हुने १३ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ आयोजना भैरहेको छ । कार्यक्रममा नेपालसहित विभिन्न देशका संस्कृतिकर्मीहरूले आफ्ना मौलिक नृत्य, संगीत र संस्कृति एकै मञ्चमा प्रस्तुत गर्दै छन् । यस कार्यक्रमले आपसी सम्मान र समझदारीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
जोगेन्द्र के.सी.का अनुसार सांस्कृतिक मेला भनेको केवल मनोरञ्जनको कार्यक्रम मात्र होइन । ‘यस्ता कार्यक्रमहरूले पुरानो संस्कृतिहरूलाई जोड्ने पुलको काम गर्छन् । एक अर्को संस्कृति आदन–प्रदान गर्दै कलाकारहरूबीच भेटघाट, अनुभव साटासाट हुने र संसारका फरक–फरक संस्कृतिलाई नजिकबाट चिन्ने अवसर र बुझ्ने मौकाको महाकुम्भ मेला हो ।’ के.सी.का भनाई अनुसार यस वर्षको मेलामा विशेषगरी यो वर्ष मारुनी नृत्यलाई गीति–नाटक शैलीमा प्रस्तुत गरियो । करिब १२ मिनेटको यो प्रस्तुति दर्शकहरूका लागि रोचक र जीवन्त बन्न पुग्यो । यो गीत आपैmमा इतिहास बोकेको संस्कृति हो जसलाई नेपालका प्रख्यात सङ्गीकार तथा वरिष्ठ गायक नारायण रायमाझीको सङ्गीत तथा स्वर समेटिएको छ ।
मारुनी नृत्य पश्चिम पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ र मगर समुदायमा विशेष लोकप्रिय लोकनृत्य हो । दशैं, तिहार र माघे संक्रान्ति जस्ता पर्वहरूमा उत्साहका साथ नाचिने यो नृत्य नेपाली लोकसंस्कृतिको महत्वपूर्ण हिस्सा हो । यसको कथा, संगीत र अभिनयलाई मिलाएर गीति–नाटक शैलीमा प्रस्तुत गरिएको कारण दर्शकहरूले यो प्रस्तुतिलाई औधी रुचाउनु भएको उहाँले बताउनु भयो । उहाँको निर्देशनमा सुनुवार समुदायको परम्परागत लोक नृत्य ‘सुनुवार नाच’ पनि यस कार्यक्रममा प्रस्तुत गरिएको थियो । यो नृत्य विशेषगरी वैशाख पूर्णिमाको अवसरमा नाचिने परम्परागत लोक नृत्य हो । यस्ता नृत्यहरूले नेपालभित्र रहेका विभिन्न जातीय समुदायहरूको मौलिक संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनको लागि महत्वपूर्ण भूमिका रहनेछ । नृत्य प्रस्तुति तयार गर्दा सबैभन्दा ठूलो ध्यान यसको मौलिकता र ठेटपनमा विचार पु¥याउनु पर्छ । निर्देशक के.सी. बताउनुहुन्छ । उहाँका अनुसार लोकनृत्यको वास्तविक सुन्दरता यसको परम्परा, चालढाल, भेषभूषा, सिंगार र भावनामा लुकेको हुन्छ । त्यसैले नृत्यको मूल स्वरूपलाई जोगाउँदै दर्शकहरूलाई आकर्षित गर्ने ढंगले प्रस्तुति तयार पारिनु पर्छ । उहाँका अनुसार अर्को महत्वपूर्ण पक्ष भनेको प्रत्यक्ष गीत, बाजागाजाको तालमा नृत्यको एकै पटक हुने त्रिपक्षीय प्रस्तृति प्रमुख आकर्षण बन्ने छ । रेकर्डेड संगीतको अत्याधिक प्रयोग हुने यो समयमा प्रत्यक्ष सङ्गीतको प्रयोग गरी गरिने यो नृत्यले नेपाली नृत्यक्षेत्रमा नौलोपन प्रदान गर्दछ । करिब तीन दशक लामो सांस्कृतिक यात्रामा जोगेन्द्र के.सी.ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव, मेला, सेमिनार, कार्यशाला र गोष्ठीहरूमा सहभागिता जनाउँदै २ दर्जन भन्दा बढी देशहरूमा नेपाली लोकनृत्य र संस्कृतिको प्रस्तुति दिईसक्नुुभएको छ ।
यस क्षेत्रमा उहाँको निरन्तर योगदानका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार र सम्मानहरू पनि प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकनृत्य प्रस्तुत गर्दा आफूलाई सधैं गर्व र खुशीको अनुभूति हुने उहाँ बताउनुहुन्छ । विदेशी दर्शकहरूले नेपाली भेषभूषा, संगीत र नृत्यलाई उत्सुकताका साथ हेर्दा र सम्मान गर्दा मनभित्र छुट्टै खुशी जाग्ने उहाँको अनुभव छ । लोकसंस्कृति हाम्रो पहिचान हो । यसलाई जोगाउनु, माया गर्नु र नयाँ पुस्तासम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी भएको उहाँको बुझाई छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल