Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विश्वमै सबैभन्दा धेरै चलचित्रमा अभिनय गरेर गिनिज अफ वल्र्ड रेकर्ड बनाएका दक्षिण भारतीय हास्य अभिनेता ब्रम्हानन्दम नेपाली चलचित्र ह्रस्व दीर्घमार्फत नेपाली दर्शकमाझ आउँदैछन् । यही ३० कात्तिकमा रिलिज हुने निता ढुँगाना निर्मित ह्रस्व दीर्घमा नेपाली कलाकारले समय नदिएपछि दक्षिण भारतीय कलाकार राख्नु परेको यसका निर्देशक चन्द्र पन्तले बताएका छन् ।
निर्देशक पन्तका अनुसार ब्रम्हानन्दमलाई अभिनय गराउनु अघि यो भूमिकाको लागि नेपाली हास्य अभिनेता जितु नेपाललाई प्रस्ताव गरिएको थियो । यो भूमिकामा अभिनय गर्न जितु तयार पनि भएका थिए । तर सोही समयमा जितुलाई नयाँ चलचित्र ज्वाईं सावबाट नायकको भूमिकामा प्रस्ताव आयो । यसरी जितुले ज्वाईं सावको कारण ह्रस्व दीर्घमा समय दिन सक्दिन भनेपछि निर्देशक पन्तले अरु कलाकारलाई पनि प्रस्ताव राखे ।
अभिनेत्री एवम् निर्माता निता ढुँगानाका अनुसार नेपाली चलचित्रका अरु कलाकारले पनि यो भूमिकामा समय दिएनन् । त्यसपछि निर्देशक चन्द्र पन्तले यो भूमिकामा दक्षिण भारतीय अभिनेता ब्रम्हानन्दमलाई खेलाउने प्रस्ताव नितासामु राखे,नेपाली चलचित्रमा ब्रम्हानन्दले खेल्नुहुन्छ भन्ने कुरा मलाई सुरुमा पत्यार लागेन । तर ब्रम्हानन्दमको घर गएर चन्द्र सरले उहाँलाई यो चलचित्रमा खेल्नको लागि मनाउनु भयो ।
ब्रम्हानन्दमको घरमा पुगेर पनि सुरुमा ह्रस्व दीर्घमा खेल्ने चन्द्रको प्रस्ताव उनले स्विकार गरेनन्,मैले उहाँलाई पटक पटक अनुरोध गरेपछि बल्ल हाम्रो चलचित्रमा अभिनय गर्न ब्रम्हानन्दम सर सहमत त हुनु भयो । स्वास्थ्यका कारण उहाँको जति दृष्य हैदराबादको रामाजी स्टुडियोमा छायाँकन गर्नु पर्ने प्रस्ताव राख्नु भयो । ब्रम्हानन्दमले अभिनय गर्ने भएपछि भारतकै महँगो स्टुडियोमा यो चलचित्रको छायाँकन गर्न आफु सहमत भएको पनि निर्देशक चन्द्रले बताए ।
पछिल्लो समय चलचित्रमा काम गर्न छाडेका ब्रम्हानन्दमले नेपाली चलचित्र भएका कारणले मात्र ह्रस्व दीर्घमा अभिनय गरेको पनि निर्देशक चन्द्र पन्तले बताए,तीन पटक हार्ट एक्ट्याक भएपछि उहाँले बाहिर गएर काम गर्न छाड्नु भएको हो र उहाँ प्राय घरमै बस्नु हुन्छ । सोही कारण छायाँकनको लागि ब्रम्हानन्दम सर नेपाल आउन मान्नु भएन । यसरी ब्रम्हानन्दमको भूमिका जति छायाँकन रामाजी स्टुडियो मै गर्नु परेको पनि निर्देशक चन्द्रले प्रकाश पारे । ब्रम्हानन्दमले पारिश्रमिक पनि राम्रै लिएको निर्देशक पन्तले बताए ।
यो चलचित्रका निर्माता एवम् अभिनेता हरिहर अधिकारीले विश्वकै ठुलो छायाँकन स्टुडियो रामाजी स्टुडियोमा पहिलो दिन छायाँकनको अनुभव सुनाउँदै भने,जव निता फिल्मस् लेखेको नेपाली चलचित्र ह्रस्व दीर्घको व्यानार टाँसेको सुटिङ बस रामाजी स्टुडियो भित्र छिर्यो,त्यतिबेला हामी नेपालीहरुमा खुसीको सिमा रहेन् । रामाजी स्टुडियोमा पुगेर हाम्रो चलचित्रको लागि ब्रम्हानन्दम सरसँग कमगर्न पाउनु हाम्रो लागि गर्वको कुरा थियो । यसरीसो स्टुडियोमा लगातार पाँच दिन छायाँकन गरेर ब्रम्हानन्दको भूमिकाको छायाँकन त्यहाँ सम्पन्न गरेको पनि उनले बताए ।
नेपाली, हिन्दी र तेलुगु गरी तीन भाषामा निर्माण भएको यो चलचित्रमा ब्रम्हानन्दमसँगै दक्षिण भारतीय स्टार कलाकारहरु सुनिल बर्मा, प्रदीप रावत, कवीर दुहानी सिंहलगायत पनि छन् । यसरी दक्षिण भारतीय कलाकारहरु भएका कारण चलचित्रका माग दक्षिण भारतबाट पनि भएपछि यसलाई तेलुुगु भाषामा पनि निर्माण गरिएको चन्द्रले बताए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल