Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना संक्रमित थपिने क्रम बढेसँगै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सामग्री ल्याउन विमान चीन जान लागेको नेपाली सेनाले जानकारी दिएको हो । जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो। सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जान लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन् । विमान मंगलबार बिहान ६ बजे सामान लिएर फर्किने छ । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल