Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीका २२ जना एसपी को कहाँ पुगे ? (सूचिसहित)

काठमाडौँ । नेपाल प्रहरीको १५ महिनादेखि रोकिएको सरुवा बढुवाका काम सुरुचारु भएको छ । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गर्नुभएको हो । प्रहरी प्रधान कार्यालय मानव श्रोत विभागले शनिवार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट सुप प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरुवा हुनुभएको छ । अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा हुनुभएको छ । कृष्ण प्रसाईँ जिल्ला प्रहरी कार्यालय सर्लाही, दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौँ, वसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा, राजेन्द्रबाबु रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा हुनुभएको छ । त्यस्तै, सुरेन्द्रबहादुर गुरुङ मकवानपुर, सोमेन्द्रसिंह राठोर युएन जगेडा, होबिन्द्र बोगटी कानुन शाखा नक्साल सरुवा हुनुभएको छ ।