Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको हो । प्रस्तावित लाभांशलाई राष्ट्र बैङ्कले स्वीकृत गरेर साधारणसभाबाट अनुमोदन गराएपछि वितरण गर्न योग्य हुनेछ । हाल नेपाल बैङ्कको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । यसमध्ये बैङ्कले १ अर्ब ८० करोड रुपैंया बराबरको लाभांश दिन लागेको हो । यसमध्ये ४५ करोड रुपैयाँ नगद लाभांश हुनेछ भने बाँकी बोनस शेयर हुनेछ । यो लाभांशपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड भन्दा माथ पुग्नेछ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल