Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको हो । प्रस्तावित लाभांशलाई राष्ट्र बैङ्कले स्वीकृत गरेर साधारणसभाबाट अनुमोदन गराएपछि वितरण गर्न योग्य हुनेछ । हाल नेपाल बैङ्कको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । यसमध्ये बैङ्कले १ अर्ब ८० करोड रुपैंया बराबरको लाभांश दिन लागेको हो । यसमध्ये ४५ करोड रुपैयाँ नगद लाभांश हुनेछ भने बाँकी बोनस शेयर हुनेछ । यो लाभांशपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड भन्दा माथ पुग्नेछ ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल