Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल रेमिट र नबिल बैंकबीच सम्झौता

काठमाडौं। नेपाल रेमिट इन्टरनेसनल र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम सिधै नबिल बैंकको बैंकको खाता वा शाखा कार्यालयबाट सहजै प्राप्त गर्न सकिने जनाईएको छ।
रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकको तर्फबाट रेमिटेन्स प्रमुख मनिषा श्रेष्ठले हस्ताक्षर गरेका छन्।
डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिटेन्स भित्र्याउँदै आएको छ।
सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल