Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल र इराकका मैत्रीपुर्ण ग्याम भोलि सनिबार हुदै

 

१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २० वर्षपछि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दा विश्वकप छनोटका खेललाई ध्यानमा राख्नेछ । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी तीन खेल नेपालले कुवेतमा खेल्दैछ । समूह ‘बी’ मा नेपालको ५ खेलबाट ३ अंक छ । त्यसअघि नेपालले इराकसँग जेठ १५ गते शनिबार मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले २० वर्षअघि २००२ को फिफा विश्वकप छनोटमा इराकसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । त्यसअघि सन् १९८२ मा पहिलो पटक नेपाल र इराक एसिया कपमा खेलेका थिए । जहाँ नेपाल ३(० ले पराजित भएको थियो । त्यसको १९ वर्षपछि २००१ मा फेरि खेल्दा भने नेपालले दुवै खेल हारे पनि गोल भने फर्कायो । इराको बगदादस्थित अल शाब स्टेडियममा भएको पहिलो खेलमा नेपाल ९(१ ले पराजित भयो । तर उक्त खेलमा नेपालका निराजन रायमाझीले गोल गरे । त्यसपछि दोस्रो खेलमा नेपालले गोल अन्तर घटायो र २ गोल गर्‍यो । कजाखस्तानको अलमाटीस्थित अलमाटी सेन्ट्रल स्टेडियममा भएको उक्त खेल नेपालले ४(२ ले हारेको थियो । यस खेलमा निराजनसँगै हरि खड्काले पनि गोल गरेका थिए । नेपाल र इराक लगभग दुई दशकको अन्तरमा खेल्दै आएका छन् । यसपटक पनि त्यही भएको छ ।सन् २००७ को एसियन कप जितिसकेको इराक फिफा बरियतामा नेपाल भन्दा १०३ स्थानले माथि छ । फिफाले बिहीबार जारी गरेको नयाँ बरियतामा इराक ६८औं र नेपाल १७१औं स्थानमा यथावत छन् । यसपटक इराकसँग खेल्दा नेपाल फरक अवस्थामा छ । हुनत नेपाल र इराक दुवै विश्वकप छनोटका खेलहरु खेल्नुअघि मैत्रीपूर्ण खेल खेल्दैछन् । नेपालले कुवेतमा बाँकी ३ खेल खेल्नुअघि उस्तै वातावरण रहेको इराकको खेल फाइदा हुन सक्छ । उता इराकले हङकङ र कम्बोडियासँग खेल्न बाँकी रहेकाले त्यसका लागि ताजिकिस्तान र नेपालसँग मैत्रीपूर्ण खेल खेल्न खोजेको थियो । जसमा ताजिकिस्तान विरुद्धको खेल गोलरहित बराबरीमा सकियो । नेपालले विश्वकप छनोटमा आफूभन्दा बरियतामा माथि रहेको अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसैले इराकसँगको खेलले मद्दत गर्न सक्छ । अर्कोतर्फ कुवेती प्रो(लाइसेन्स प्राप्त अब्दुल्लाह अलमुताइरी प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक खेल्न लागेको हो र त्यो खेल नै इराकविरुद्ध हुँदैछ । अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायरका लागि मध्यनजर गर्दै यस पटक नेपाली टोलीमा युवा खेलाडीलाई अवसर दिएका छन् । उनले ६ नयाँ खेलाडी राखेका छन् भने गत चैतमा थ्री नेशन्स कप जित्दाको टिमबाट १३ खेलाडी परिवर्तन गरेका छन् । पहिलो पटक टिममा परेका गोलकिपर विशाल सुनार, डिफेण्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरजज्यु ठकुरी, आयुष घलान र मनिस डाँगीसँगै गोलकिपर दीप कार्कीले राष्ट्रिय टिममा डेब्यु गर्न बाँकी नै छ । अधिकांश खेलाडी युवा र नयाँ रहेकाले पनि नेपालको लागि यो अन्तर्राष्ट्रिय लेभलमा अनुभब बटुल्ने असरको रुपमा रहेको छ । पहिलो पटक राष्ट्रिय टिममा परेका खेलाडीहरु एकै पटक ठूला टिम विरुद्ध खेल्दा दबाब हुन सक्छ । उनीहरुका लागि यो चुनौतीसहित अवसर पनि हो । नेपाली टिमको औसत उमेर २३ वर्षको छ । नेपालमा औसत उमेरको हिसाब राख्ने खासै अभ्यास नरहेकाले यो सम्भवत अहिलेसम्मकै सबैभन्दा युवा टिम मान्न सकिन्छ । अहिले टिममा रहेका सबैभन्दा सिनियर खेलाडीमा किरण चेम्जोङ र रोहित चन्द छन् । त्यसबाहेक विशाल राई, नवयुग श्रेष्ठ, अन्जन विष्ट, अनन्त तामाङले पनि लामो समयदेखि राष्ट्रिय टिममा खेल्दै आएका छन् ।
नेपाल र इराको पछिल्लो ६ खेलको नतिजा
नेपालले कोरोना अघि २०१९ नोभेम्वरमा कुवेतविरुद्ध विश्वकप छनोट खेल खेलेको थियो । त्यसपछि २०२० नोभेम्बरमा करिब १ वर्षपछि नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै पुनरागमन गर्‍यो ।
यस्तै २०२१ मार्चमा घरेलु मैदानमा आयोजना भएको थ्री नेशन्स कपमा नेपालले तीन खेल खेल्यो । बंगलादेश र कीर्गिस्तान यू(२३ टिम सम्मिलित प्रतियोगिताको उपाधि नेपालले नै जितेको थियो ।


सम्बन्धित समाचार