Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल स्वयंसेवी रक्तदाता समाजले शिक्षण अस्पताल एकाई गठन गर्ने

काठमाडौं । त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल एकाई गठनार्थ एक भेलाको आयोजना गरियो ।
त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिसका बिभागीय प्रमुख प्रा डा भगवान कोईराला,डा अनिल भट्टराई,डा। मनिता राजकर्णिकार,दिव्य पौडेल,नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरका अध्यक्ष बिजय कुमार महर्जन,तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयाफ,काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जन,२० वडा नगर समितिका सचिव राजेश मानन्धर अतिथि रहनु भएको उक्त भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य बिशेष अतिथि रहनु भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेज्यूले कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान पत्र प्रदान गरि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालको तर्फबाट सम्मान जाहेर गर्नुभएको थियोे । प्रताप शाहीको सभापतित्वमा सञ्चालन गरिएको सो भेलाले प्रताप शाहीकै अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल एकाई गठन गरिएको छ । जसमा उपध्यक्ष बद्रि नारायण शाह,सचिवमा राजन लामिछाने, कोषाध्यक्षमा कबिना बज्राचार्य,सदस्यहरूमा क्रमशः डा पुष्पराज भाम,परशुराम पन्त,रूद्र भण्डारी,अर्चना गुरूङ्ग र अञ्जु थपलिया रहनु भएको छ । सो कार्यक्रमको सञ्चालन कबिना बज्राचार्यले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल