Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका बसाइपछि स्वदेश फर्किएका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालय परिसरमा फाइल बोकेर उभिएको आफ्नो तस्बिर सार्वजनिक गर्दै उनले नेपाल फर्किएको जानकारी दिएका हुन्।
फेसबुकमा उनले न्यायप्रति विश्वास व्यक्त गर्दै मातृभूमिमा फर्किएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “न्याय अवश्य प्राप्त हुनेछ भन्ने दृढ विश्वासका साथ आफ्नै देशको आँगनमा फर्किएको छु। आफ्नै माटोमा सुखदुःख बाँड्दै जीवनका पीडाहरूलाई बिस्तारै निको पार्ने अवसर मिल्ने आशा गरेको छु।”
उनकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले पनि सामाजिक सञ्जालमार्फत धुर्मुसको स्वदेश आगमनबारे जानकारी दिँदै उनलाई साथ दिन आग्रह गरेकी छन्। उनले आफूहरू देश छाडेर भागेको नभई परिस्थितिको दबाबका कारण केही समय विदेश बस्नुपरेको उल्लेख गरेकी छन्।
सुन्तलीले धुर्मुस न्यायको खोजीमा नेपाल फर्किएको बताउँदै आलोचना र आरोपभन्दा सहयोग र समर्थनको आवश्यकता रहेको धारणा व्यक्त गरेकी छन्। उनको अभिव्यक्तिबाट धुर्मुस एक्लै नेपाल फर्किएको संकेत मिल्छ।
गत मंसिर २६ गते धुर्मुस–सुन्तली दम्पतीले फेसबुकमार्फत छोरीको स्वास्थ्य उपचारका लागि अमेरिका गएको जानकारी दिएका थिए। त्यसयता उनीहरूमाथि विदेश पलायन भएको आरोपसमेत लागेको थियो।
चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको नेतृत्व गरेका धुर्मुस आर्थिक दायित्वका कारण लामो समयदेखि तनावमा छन्। रंगशाला परियोजनासँग सम्बन्धित १८ करोड रुपैयाँभन्दा बढीको ऋण तथा दायित्व व्यवस्थापन उनको प्रमुख चुनौतीका रूपमा रहेको छ।
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल