Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पग्लिने छाँटकाट अझै देखिएन

काठमाडौं । सत्ता गठबन्धन तोड्न सके माओवादीकै नेतृत्वमा सरकार बन्दा पनि एमालेका लागि फाइदा छ । त्यही कारण ऊ माओवादी अध्यक्ष प्रचण्डलाई फकाउन हरप्रयास गरिरहेको छ । राष्ट्रपति निवास शितल निवासमा आयोजित जेष्ठ सांसद पशुपति शमशेर राणाको शपथ ग्रहण कार्यक्रममा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै सिटमा कुराकानी गरेको तस्बिर भाइरल भयो। दुई नेताको छेवैमा थिए, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। ओलीले ५ पुस २०७७ मा संसद विघटन गरेपछि ओली–प्रचण्डको सम्बन्ध राम्रो छैन। एकले अर्कोलाई हदभन्दा तल झरेर लगाउने आरोप, गालीगलौज गर्ने यी नेताको एकै ठाउँमा बसेर संवाद गरेको तस्बिर भाइरल गराउने काम स्वयं एमाले, माओवादीकै नेता कार्यकर्ताले गरेका थिए। कार्यक्रममा अन्य नेता पनि उपस्थित थिए तर ओली–प्रचण्ड–खनालको मात्र तस्बिर बढी प्रचार गराउनुको पछाडिको कारण के छरु सो तस्बिर ओलीकै सचिवालयका राजन काफ्लेले विभिन्न सञ्चारमाध्यममा उपलब्ध गराएका हुन्। ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा कुनै दलले पनि बहुमत ल्याउन सकेनन्। नयाँ सरकार गठन गर्न बहुमत सांसदको समर्थन पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्मको समय दिएकी छन्। हो, सरकार निर्माणकै क्रममा दलहरू छन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन र एमाले छुट्टाछुट्टै कसरतमा छन् र बहुमत पुर्‍याउने प्रयासमा देखिन्छन्। एमालेलाई माओवादीको साथ भए सजिलै सरकार बनाउन सकिने विश्वास छ। त्यही भएर शितल निवासको त्यो औपचारिक भेटलाई ओलीले सदुपयोग गरिहाले। उनले प्रचण्डसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन मिलेर सरकार बनाउने प्रस्ताव प्रचण्ड समक्ष राखे। त्यो कुरा प्रचण्डले बिहीबारको पदाधिकारी बैठकमा बताइदिए। बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरलाई सुनाएअनुसार एमाले अध्यक्ष ओलीले मिलेर सरकार बनाउने प्रस्ताव राखेका छन्। तर, सो प्रस्ताव स्वीकार गर्नेबारे केही नसोचेको आफूले जवाफ दिएको प्रचण्डले बताए। ‘हिजोमात्र ओलीजीसँग शितल निवासमा जेष्ठ सांसदलाई सपथ दिने कार्यक्रममा भेट भएको थियो, तपाईंहरुले तस्बिर पनि हेर्नू भयो नि’, पदाधिकारीसँग प्रचण्डले भने, ‘मिलेर जाने उहाँले प्रस्ताव राख्नु भएको थियो तर मैले हामीले अहिले तत्काल त्यतातिर सोचेको छैन भन्ने जवाफ दिएँ।’ ओलीले अझ जोड गरेको प्रचण्डले बताएको ती पदाधिकारीले दाबी गरे। ‘तपाईं हामी मिल्दा नै उपयुक्त हुन्छ’, ओलीको भनाइ थियो। ‘कुरा ठिकै हो, तर यसबारे हाम्रो पार्टीभित्र छलफल भएको छैन, यतातिर सोचिएको पनि छैन’, ओलीलाई प्रचण्डको जवाफ थियो। प्रचण्ड र ओलीबिच संवाद सुनिरहेका झलनाथ खनालले पनि सरकार निर्माणकै विषयमा सामान्य छलफल भएको बताए। ‘निकट भएर, मिलेर सरकार बनाउने प्रस्ताव उहाँले संकेत गर्नुभएको हो’, खनालले भने, ‘त्यसबाहेक मैले र उहाँले हामी दुवैको स्वास्थ्य अवस्थाको बारेमा कुरा गर्‍यौं।’ ओली र प्रचण्डबीच बिहीबार पनि सांसदको सपथ लिएपछि संसद भवनमा एकै ठाउँमा बसेका थिए, जहाँ ओलीले फेरि पनि मिलेर जान संकेत गरेको नेताहरूले बताएका छन्। उता, बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले गठबन्धनभित्रबाट सराकर बन्ने निष्कर्ष निकालेको छ। ‘सरकार गठबन्धन भित्रबाट हुन्छ’, प्रचण्डले भने, ‘आपसी छलफल गर्दै सहमतिमा पुगिन्छ।’ बिहीबारको बैठकले सरकार गठन भने आफ्नै नेतृत्वमा गर्ने माओवादी निष्कर्ष छ। ‘सरकार हाम्रै नेतृत्वमा लिन पहल गर्न लाग्नेछौँ’, एक नेताले नेपालखबरसँग भने, ‘पहिलेदेखि हाम्रै नेतृत्वमा सरकार बनाउने समझदारी अनुसार गठबन्धन अघि बढ्नेछ।’ प्रचण्ड दलको नेता चयन भएसँगै सरकार निर्माणको प्रक्रियामा दलहरूसँग संवाद र छलफल थालेका छन्। बुधबार टिचिङ अस्पतालमा रहेका माधव नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड पुगेका थिए। तीन नेताबीच सरकार निर्माण र गठबन्धनबीच मिलाएर जाने समझदारी भएको नेताहरु बताउँछन् ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल