Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले जनआस्था पत्रिकाको कार्यालयबाट बरामद गरेका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
इजलासले श्रेष्ठसँगै जनआस्थाको कार्यालयबाट प्रहरीले बरामद गरेका ल्यापटप, कम्प्युटर र मोबाइललगायतका सामानसमेत अदालतमा पेस गर्न भनेको छ। प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
बरामद सामानसहित बन्दीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको यो दोस्रो घटना हो। यसअघि २०७० भदौ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अधिवक्ता शम्भु थापाको कानुनी फर्मबाट बरामद गरेका सामानसहित उनलाई अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको थियो।
श्रेष्ठको पक्षबाट अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल